शव जलाउनु भन्दा अगाडि पनि विशेष काम गर्ने गरिन्छ। यिनै काम तथा परम्परा मध्येको परम्परा हो शवको मुखमा चन्दनको दाउरा राख्ने।
हिन्दु धर्ममा मृतकको दाह-संस्कार गर्ने समयमा मुखमा चन्दन राखेर जलाउने गरिन्छ। यो परम्परा प्राचीन समय देखि नै चल्दै आइरहेको छ। यो परम्पराको पछाडि धार्मिक कारण मात्र नभइ वैज्ञानिक कारण पनि जोडिएको छ।
धार्मिक मान्यता अनुसार मृतकको मुखमा चन्दनको दाउरा राखेर दाह-संस्कार गरेमा उसको आत्मालाई शान्ति मिल्नुको साथै मृतकलाई स्वर्गमा पनि चन्दनको शितलता प्राप्त हुन्छ भन्ने विश्वास छ।
चन्दनको दाउरा अत्यन्त शीतल मानिन्छ। त्यही शीतलताको कारण मानिसहरु चन्दनको लेपको टीका बनाई लगाउने गर्छन् जसले मस्तिष्कमा शीतलता प्रदान गर्दछ।
यसको वैज्ञानिक कारणमा मृतकको दाह-संस्कार गर्ने समयमा शरीरको मासु र हड्डी जल्दा अत्यन्तै दुर्गन्ध फैलिन्छ। उक्त समयमा चन्दनको दाउरा पनि सगै जल्दा दुर्गन्धको प्रभाव कम हुन जान्छ तर दुर्गन्ध पुर्ण रुपमा भने समाप्त हुदैन।

0 comments:
Post a Comment