जन्म चिनो र कोठीः रहस्यमय अर्थ

एक जन्म चिनो गर्भ समयमा वा बच्चाको जीवन को पहिलो केही महिना विकसित हुन सक्छ। तर के जन्म चिनो वा दागको कुनै अर्थ छ र? कहाँबाट कसरी आँउछ यस्तो चिनो। संस्कृति तथा सभ्यता अनुसार के कस्तो कथा चल्दै आएको छ यस्तो चिनोको बारेमा? के यि चिनोहरुले तपाइको पूर्वजन्मको बारेमा केही जानकारी बोकेको हुन्छ त? यस्तो चिनोको आधारमा कसैको बानी-व्यवहार तथा भविष्य अड्कल काट्न सकिन्छ त? 
आउनुहोस् केही जानौं शरिरका यि रहस्यमय जन्म दागको बारेमा।
जन्म चिनो: पूर्व जन्मको सुचक?
जन्म दाग र पूर्व जन्मको सम्बन्धको बारेमा पहिलो पटक सन् १९६० मा डा. इयान स्टेभेन्सनले अध्ययन गरेका थिए। उनको अनुसन्धान अनुसार, अधिकांस बच्चाहरु जस-जसले आफ्नो पूर्व जन्मको बारेमा थाहा पाएका थिए उनिहरुको शरिरमा बिभिन्न जन्म दागहरु भेटिएका थिए। ती दागहरु मृत्युको कारणसंग सम्बन्धित भएको र ती बच्चाहरुलाइ फेरी जन्म हुनु भन्दा अगाडीका कुराहरु याद भएको निष्कर्ष निकालिएको थियो।
विज्ञान संग उत्तर छैन।
एउटा वैज्ञानिक भइको नाताले स्टेभेन्सनले गर्भाअवस्था र आनुवंशिक कारणहरुको अध्ययन गरेका थिए। तर यो अध्ययनले छालामा देखिने यस्ता रंगिन फरकपनको ३०%-६०% सन्दर्भमात्र व्याख्या गर्न सकेको थियो। तर ती बच्चाहरुको अनौठा स्मृति र जन्मदागको सम्बन्धको अध्ययनले स्टेभेन्सनलाइ पुनःजन्म जन्मको सान्दर्भिकता बारेमा सकारात्मक बनाएको भने थियो।
जन्म चिनो र पुनःजन्म
भुत र वर्तमान एकअर्कामा अत्यन्त सम्बन्धित रहेका हुन्छन जब यस्ता कहिलै नहराउने जन्म दागहरु कसैको शरिरमा छापिएर आएका हुन्छन। यस्तो दुइ कारणले हुने गर्छ।
reincarnation
पहिलो शरिरले पुनःजन्मको अवधिमा पाएको पुरानोघाउहरु निको पार्न समय नपाउनाले र दोस्रो पूर्वजन्मको शरिरले पाएको दुःख र आघात निकोपार्न र बिर्सन दिमागलाइ ती घटनाहरुसंग सम्बन्ध राख्न आवश्यक भएकाले।
यसरी हेर्दा यस्ता चिनोहरु पहिलेको शरिरले कुनै दुःख पाएको छ र फेरी पुनःजन्म हुनेवाला छ भने शरिरमा देखिने गर्दछन्।
केही जन्मदाग र ती दागसंग सम्बन्धित सम्भावित पूर्वजन्मका घटनाहरु यसप्रकार छन।
+ बिसो भएका अनि बिसो नभएका जलेका दाग
BirthSign 1
यस्ता गाढा रातो रंगको जन्म दाग शरिरले, आगोले जलेको घटना सम्झनको लागि छालामा छापेको हुन्छ। जति गाढा यस्तो चिन्ह हुन्छ, त्यति नै कम यि घाउहरु निको भएका हुन्छन्। अर्थात शरिर तथा दिमागमा अझै ती जलेका यादहरु रहिरहेका हुन्छन। मात्र केही जन्म पहिले यस्तो जलेको घटना भएको हुन सक्छ, त्यसैले त अहिलेसम्म राम्रोसंग बिसो नभएको जस्तो दाग देखिएको छ।

बिसो भइसकेका सेतो रंगको जन्म दाग पनि शरिरले जलेको घटना सम्झने हेतुको लागि हुनसक्छ। जति दाग हल्का रंगका दागहुन्छन त्यति ती पुराना घाउहरु बिसो भइसकेको हुन्छ। अर्को तवरले हेर्दा यस्तो जलेको घटना अलि पुरानो जन्मसंग सम्बन्धित हुन सक्छ।
+ गोलीलागेको दागजस्तो जन्म दाग
BirthSign 1
एउटा गोलीको घाउको जन्म दाग बाँयापट्टी गोली लाग्नाले हुन्छ। दाँया तिर पनि त्यस्तै दाग छ तर आकार उस्तै छनै भने बारुदजल्दा को दाग हुन सक्छ। यस्तो दाग गोलो आकारको हुन्छ। यस्तो दाग बिस्तारै कालो रंगमा परिवर्तन हुन जान्छ।

+ अलि गहिरो गोलीको दाग
BirthSign 1
यस्तो जन्म दाग शरिरमा गोली लागेर गोली भित्रै रहनाले देखिन आउछ। यस्तो दाग बिस्तारै रातो रंगमा परिवर्तन हुन्छ।

+ केही गोपिएको जस्तो जन्म दाग
BirthSign 1
थोरै बाङ्गो काटिएको जस्तो जन्म दाग शरिरमा गहिरो काट्ना वा केही गोपिनाले हुन्छ। यदी अनुहारमा यस्तो दाग छ भने सुतेको बेला वा लुसुक्क कसैले पुर्वजन्ममा हत्या गरेको कुरालाइ ईकिंत गर्छ।

+ पुरानो अनि बिषयुक्त वाणले बनाएको चिनो
BirthSign 1
यदि शरिरमा यस्तो दाग छ जहाँ कपाल पनि आउन सकेको छैन तथा रगतजस्तो रंगको दाग छ भने पुर्व जन्ममा कपाल जबरजस्ती फालिएको भन्ने बुझिन्छ। बिचमा कोठीजस्तो दाग छ र वरीपरी हल्का रंगको घेरा छ भने बिषाक्त वाण वा तिखो कुराले बनाएको घाउलाइ ईंकित गर्दछ।

+ यातनाको अवशेष
BirthSign 1
पहिलेको समयमा टाउकोमा डोरी वा केही चिज बाँधेर, त्यसलाइ कसि यातना दिइनेगरिन्थ्यो, कसैको मृत्युसम्म हुन्थ्यो। यस्तो यातना भयानक हुनुको साथै भविष्यमा हुने जन्महरुमा पनि जन्म चिन्ह रहने हुन्छ।

जन्म चिन्ह, शुभ कुराको लक्षण

BirthSign 1
यो सिद्धान्त अनुसार, जन्म चिन्हको ठाँउ अनुसार व्यक्तिको बारेमा केही जानकारी पाउन सकिन्छ भन्ने छ। उदाहरणको लागि, दाँया हातमा कतै जन्म चिन्ह हुनाले उक्त व्यक्ति समृद्ध हुने जनाइन्छ। तर यदि बाँया हातमा छ भने केही दुख भोग्नुपर्ने हुनसक्छ। बाँया खुट्टामा यदि जन्म चिन्ह छ भने उक्त व्यक्ति बुद्धिमान हुनेछ साथै दाँया खुट्टामा चिनो हुनाले घुम्नमन पराउने साथै मायाको खोजीमा जीवन बिताउन मनपराउने हुन्छ।
निधारमा कोठि वा जन्म चिन्ह

BirthSign 1
आँखी भौँ को बिच वा निधारमा कतै जन्म चिन्ह हुने व्यक्तिहरु सहयोगी हुन्छन्। उनीहरुमा आत्मविश्वासको कमी हुदैन। सफलताको शिखरमा आफ्नै मेहेनतले पुग्छन यस्ता व्यक्ति। बोल्ने भन्दा काम गर्नमा विश्वास गर्छन र आफैमा गर्वशाली ठान्छन्। यस्तो व्यक्तिहरु आफ्नोलागि अरुसंग सहयोग माग्न अप्ठ्यारो मान्छन्। अरु मानिसको फाइदा उठाउने मनसाय बोक्दैनन र परिवारसंगै खुसी मान्छन्। शान्ति, न्याय, धर्म, संस्कृति तथा चालचलनको अनुसरण गर्छन्।
निधारको बिचमा नाकको सिधा माथी भएको जन्म चिन्ह

BirthSign 1
टाउकोको बीचबाट निधार हुदै नाकको सीधा माथी सम्म आएको जन्म चिन्हले उक्त व्यक्ति सामाजिक हुने बताउछ। जीवनलाइ रमाइलो तवरले लिने, आफ्नो अनुभवबाट सिक्दै जाने बानी हुने तथा अरुको सहयताबिना कुनै काम सुरु गर्न भने हिचकिचाउने गुण हुने हुन्छ यो ठाँउमा चिन्ह हुनाले। कलाको क्षेत्रमा केही गर्ने सामर्थ्य राख्ने हुन्छन्।
कनचटको देब्रे वा दाहिनेमा भएको जन्म चिन्ह

BirthSign 1
यस्ता व्यक्ति शिष्ट, सभ्य, शान्त तथा धार्मिक हुन्छन्। धैर्यवान हुनुको साथै, विचारशील, नम्र र व्यावहारिक हुन्छन यस्ता व्यक्ति। बालककालमा राम्रो बितेपनि युवाअवस्थाको सुरुवात संगै अलि गाह्रो जीवन सुरु हुने हुन्छ। २२ वर्षको उमेर पश्चात भने विस्तारै खुसी प्राप्त हुने गर्दछ। मानिसहरुले राम्रो व्यवहार नगर्नसक्छन तर अरुले भने नम्र र भद्रहुने भएकाले आदार सम्मान गर्ने गर्दछन्।
आँखी भौं को बिचमा भएको जन्म चिन्ह

BirthSign 1
आँखी भौं को बिचमा जन्म चिन्ह भएका व्यक्ति सावधानी अपनाउने प्रवृतीका हुन्छन। सिधा सादा हुनुको साथै अत्यन्त सहनशील हुन्छन यस्ता व्यक्ति। कर्म अनुसारको फल सजिलै पाउछन पनि। युवाअवस्थाको सुरुवाती समय भने त्यति खुसीमा बित्दैन, तर जब आफ्नो खुट्टामा उभिन्छन तब सबैकुरा परिवर्तन हुन्छ। परिवार, आफन्त तथा समाजको सहयोहमा खुसी मान्छन। कुनै काम गर्नुभन्दा पहिले धेरै सोचेर मात्र गर्ने गर्दछन यी व्यक्तिहरु।
दाँया वा बाँया आँखी भौंमा भएको जन्म चिन्ह

BirthSign 1
यस्ता व्यक्तिहरुले जीवनमा राम्रो चिजहरुमात्र खोज्ने गर्दछन्, राम्रो घर वा राम्रो जागिर। केटा हो भने, उ जीवनमा धेरै महिलाहरुसंगको सम्बन्धमा बाधिएको हुन्छ। त्यसैले महिलाले गर्दा नै जीवनमा दुख पाउने अधिक सम्भावना हुन्छ। कलामा बिषेश चाख राख्ने गर्छन। खासै गाह्रो व्यवहारमा फस्ने नभएता पनि स्वास्थ्यले भने दुख दिने गर्छ यी व्यक्तिहरुलाइ।
आँखामा भएको जन्म चिन्ह

BirthSign 1
यदि आँखामा नै जन्म चिन्ह छ भने यी व्यक्तिहरुको बानी व्यवहार सफा हुने गर्दछ। स्वार्थी हुनुका साथै पैसा सम्बन्धि कारोबारमा लोभी हुन्छन। बुद्धिमान हुनुका साथै छिटो रिसाउने प्रवृतीका हुन्छन् यी व्यक्तिहरु। गरिबीले कहिल्यै नसताहने हुन्छ, किनकी मानिसहरुले विश्वास गर्ने हुन्छन्। यस्ता व्यक्तिहरुले धनी तथा सफा व्यवहार भएकाहरु संगै विवाह पनि गर्ने गर्दछन्।
कानमा भएको जन्म चिन्ह

BirthSign 1
कानमा जन्म दाग हुनु शुभ मानिन्छ। छिटो सोच्न सक्ने गुणका हुन्छन् यस्ता व्यक्ति। यदि दुवै कानमा यस्तो चिनो छ भने ति व्यक्तिहरु अत्यन्त प्रभावशाली हुन्छन् र खुसी खुसी सफल जीवन बिताउछन्। बाँया कानको चिन्हले विवाह सफल हुने बताइन्छ।
आँखाको तल वा माथी भएको जन्म चिन्ह

BirthSign 1
आँखाको तल वा माथी भएको जन्म चिन्हले आँसु जनाउँछ। यस्तो ठाँउको चिन्हले पैसा र राम्रो साथीको प्राप्तीलाइ जनाउँछ। तर विपरित लिंगका मानिसहरु प्रति भने अत्याधिक आकर्षित हुने गर्दछन् यी व्यक्तिहरु।
नाकमा भएको जन्म चिन्ह

BirthSign 1
शारीरिक सम्बन्धको भोको हुने गर्छन् नाकमा जन्म चिन्ह वा कोठी हुँदा। साथै अति छिटो रिसाउने प्रवृतीका पनि हुन्छन्। जुवा तास तथा केटा वा केटी जिस्काउदै बस्ने पनि हुन्छन यी व्यक्तिहरु। नाकको डाँडीमा चिन्ह हुनु नराम्रो स्वास्थ्यको सुचक पनि हो। नाकको वरीपरि हुने चिन्हले भने राम्रो संकेत गर्दछ।
गालामा भएको जन्म चिन्ह

BirthSign 1
देब्रे गालाको चिन्हले उक्त व्यक्ति उदार भावनाको, सहानुभूति प्रकत गर्ने एंव समय बिताउन वा संगै बस्न सजिलो हुने बताइन्छ। केटाकेटी जस्तो व्यवहार गरिरहने तथा जिस्किरहेन गर्दछन् यस्ता व्यक्तिहरु। दाहिने गालामा जन्म चिन्ह हुने व्यक्तिले सोच्दै नसोची बोल्ने गर्दछन्। गफ छाँटेर बस्ने र कुनै कुरा पनि लुकाएर राख्न नसक्ने हुन्छन्। अरुलाइ आदार सम्मान नदिने गर्दछन् यी व्यक्तिहरु।
ओठमा भएको जन्म चिन्ह

BirthSign 1
धेरै बोल्ने हुन्छन् यस्ता व्यक्तिहरु। धेरै कुरा सोधिरहेन, अनि धेरै कुरा बोलिरहने गर्दछन्। यौनको कुरामा अति अगाडि हुन्छन्। धेरै खाने अनि लामो समयसम्म कुरा लुकाएर राख्न नसक्ने हुन्छन् यी व्यक्तिहरु। माथिल्लो ओठको कोठीले उक्त व्यक्ति अरुको अगाडी प्रभावशाली बन्न सक्छ। बिशेष गरि विपरित लिंगको मानिसलाइ आफ्नो वशमा पार्न सक्ने खुबी हुन्छ। तल्लो ओठमा हुने कोठीले भने उक्त व्यक्ति मेहनती र ईमानदार भएको पाइन्छ। माथिल्लो ओठको छेउ-छेउमा कोठी छ भने त्यसलाइ ‘भोजन लक’ पनि भनिन्छ। यस्ता व्यक्तिहरु भोजनमा खुसी हुने गर्दछन् र अधिकांश समय आफ्नो भोजनको लागि खर्च पनि गर्न नपर्ने हुन्छ।
कुममा भएको कोठी

BirthSign 1
राजकिय हुन्छन् यस्ता व्यक्ति। अधिंकास राम्रा चिजहरु हुने गर्दछ ती व्यक्तिहरु संग। भेटेकालाई इमान्दार एंव नम्र सेवा दिन्छन् पनि। चलाख हुनुको साथै मेहेनति पनि हुन्छन्। वास्तवमा अति धेरै मेहेनतको फल राम्रो नआउदा बेखुसी पनि हुने गर्दछन्।
ढाँडमा भएको कोठी

BirthSign 1
यस्ता व्यक्तिहरु अल्छी हुन्छन्। प्रकृतिले नै यी व्यक्तिहरुलाइ लम्पट बनाएको हुन्छ। अरुमा भर पर्दछन् र संसारनै उ प्रति ऋणछ भन्ने सोच्दछन् यी व्यक्तिहरु। वैवाहिक सम्बन्धको लागि भने अति नै गाह्रो हुने गर्छ जीवन साथी पाउनको लागि।
शरिरका विभिन्न ठाँउमा हुने यस्ता जन्म निशान तथा कोठीहरुको बारेमा संस्कृति अनुसार बिभिन्न कथाहरु चल्दै आएका छन्। यस्ता रहस्यहरुमा कतिको सत्यता छ भनेर भने भन्न सकिदैन तर पौराणिक तथा घटनानै बयान गर्ने यस्ता कथाहरु भने अति प्रसिद्ध रहेका भने छन्। के तपाइलाइ लाग्छ कि यस्ता सदियौं देखि चल्दै आएका कथाहरु सान्दर्भिक छन्?
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment