शिवले पार्वतीलाई बताएका मृत्युका केही लक्षणहरू के-के ?

धर्म ग्रन्थहरूमा शिवलाई कालका पनि काल भनेर सम्बोधन गर्ने गरिन्छ । अर्थात्, भगवान शिव जन्म-मृत्यु, काल आदी सबैबाट मुक्त छन् । शिवमहापुराणमा भगवान् शिवले पार्वतीलाई मृत्युका सम्बन्धमा केही यस्ता संकेत बताएका छन्, जुन धेरै कमलाई मात्र थाहा छ । केही यस्ता संकेतहरू छन्, जसले कुनै व्यक्तिको मृत्यु कति समयपछी हुनेछ भन्ने जानकारी दिन्छ । 
जानौ केही संकेतहरू…

– यदी अचानक शरिर सेतो या पेहेलो देखिने या शरिरमा रातो निशान देखियो भने उक्त मानिसको मृत्यु ६ महिनाभित्रमा हुन्छ । यदी मुख, कान, आँखा, जोब्रो ठिसँग काम गरिरहेको छैन् भने ६ महिना भित्र मृत्यु हुने सम्भावना रहन्छ । 
– जुन मानिसले चन्द्रमा, आगोको प्रकाश राम्रोसँग दैख्दैन र चारैतिर अन्धकार देख्छ उसको मृत्यु ६ महिना भित्रै हुन्छ । 
– जब कुनै मानिसको बायाँ हात लगातार एक हप्तासम्म फड्किन्छ, उसको जीवन मात्र एक महिनाको हो भन्ने बुझ्नु पर्छ । 
– यदी कुनै व्यक्तिको मुख या घाँटी बारम्बार सुक्न थाले, उसको जीवन मात्र ६ महिनाको हो भन्ने बुझ्नु पर्छ । 
– यदी आफ्नो छायाँ पानी, तेल, घ्यु तथा ऐनामा देखिँदैन भने आफ्नो आयु मात्र ६ महिना भएको बुझ्नु पर्छ । यस्तै, आफ्नो छायाँ देख्दा आफ्नो टाउको रहित छायाँ देखे आफ्नो आयु १ महिना भन्दा पनि कम रहेको छ भन्ने बुझ्नु पर्छ । 
– जब चन्द्रमा र सूर्यको नजिक कालो या रातो घेरा देखिन्छ तब आफ्नो आयु मात्र १५ दिनको हो भन्ने बुझ्नु पर्ने हुन्छ । 
– जस्ले आकाशमा सप्तर्षी देख्दैन उसको आयु मात्र छ महिना छ भन्ने जान्नु पर्छ । 
– यदी कसैलाई निलो झीँगाले घेर्यो भने उसको मृत्यु करिब एक महिनाभित्र हुन्छ ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment