अवस्थिति:
हिमवत्खण्डका रुपमा परिचित नेपाल राष्ट्रको मध्य भू–भाग ऋषिमुनिहरुको तपोभूमि देवघाट क्षेत्र परिसर नवलपरासी जिल्ला, गैंडाकोट आ.गा.वि.स. अन्तर्गत, पूर्व पश्चिम महेन्द्र राजमार्गको नारायणी–पुल बाट उत्तर तर्पm करिब ४ कि.मि. टाडा समुद्र सतह देखि ५६१ मिटर उचाई पहाडी बनको धुरीमा अवस्थित सुप्रसिद्ध तीर्थस्थल एवम् शक्तिप्रवल मौलाकालिका भगवतीको मन्दिर अवस्थित रहेकोछ ।
ऐतिहासिक पृष्ट भूमि:
पन्ध्रौ शताब्दीको अन्त्य तथा सोह्रौ शताब्दीको शुरुतिर करिब ५०० वर्ष पहिला, पाल्पाका राजा मणिमुकुन्द सेनको राज्यकालमा तत्कालिन सैनिक टुकडीले आप्नो गढी ९ब्यारेक० मा मौलो गाडी, कालिका भगवतीको शिला स्थापना गरेर पुजा अर्चना गर्दै आएको भन्ने किंमबदन्ती रहेको पाइन्छ । उक्त राजाको विलय भए पछि, शिला स्थापना गरेको स्थलमा ठूलो सालको रुख थियो रे ओरीपोरी ढुङ्गाको परखाल, धमिराले खाएको काठको मौलो, केही लाम्चे आकारमा कालो रङ्गका गोला शिलाहरु करिब भष्म सरहका हतियार, ढुङ्गाको ओखल समेत थियो भन्ने कुरा पनि किंमबदन्तीनै रहेको छ । १९९० सालको भुईचालोमा उक्त सालको रुख ढल्यो, तेहाँ भएका ऐतिहासिक वस्तु र संरचनाहरु भताभुङ्ग भए । गाँउका आदिवासीहरु विस्तारै अन्यत्र बसाई सर्न थाले । बसाई सरि आएका मानिसहरुलाई त्यति चासो भएन । मन्दिर जाने पूजा पाठ गर्ने चलन विस्तारै लोप हूँदै गयो । २०३२ साल मङ्गसिर महिनामा गैंडाकोट–१, निवासी बयोबृद्ध काशीनाथ पौडेलले स्वप्नमा कालिका मगवतीको दर्शन पाएपछि ह।कुमानसिंह गुरुङ्ग सहित मन्दिर भएको स्थलमा पुगेर खनी खोस्रीगर्दा काठको मौलो, घण्टी र शिलाहरु भेटिएको कुरा उत्खनन कर्ताहरुको भनाई छ । केही दिन पछि उनिहरुको सक्रियतामा गाँउ घरका सबै मिलेर ढुङ्गा माटोले सानो मन्दिर बनाएका थिए ।

0 comments:
Post a Comment